
काठमाडौं, ६ साउन । सिटी एक्सप्रेस मनि ट्रान्सफर र भक्तराज आचार्य संगीत प्रतिष्ठानको संयुक्त सहकार्यमा ‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०८१’ सम्पन्न भएको छ ।
कुपण्डोलस्थित होटल हिमालयमा विभिन्न व्यक्तिलाई ‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०८१’ प्रदान गरिएको हो । सम्मान गायनतर्फ बरिष्ठ गायिका चन्द्रकला शाहर र संगीततर्फ वरिष्ठ संगीतकार शीलाबहादुर मोक्तानलाई जनही नगद पुरस्कार दशहजार सहित प्रदान गरिएको छ ।
कार्यक्रममा ‘सुशीला आचार्य सु–स्वास्थ्य कामना सम्मान’ दिवंगत कलाकार घनश्याम गौतमलाई प्रदान गरिएको हो । कलाकार गौतमकी धर्मपत्नी यूगज्योति क्रियाशिलले उक्त सम्मान ग्रहण गरिन् । २५ हजार रुपैयाँ राशीको सम्मान सांगीतिक क्षेत्रमा क्रियाशिल स्वास्थ्योपचार गराइरहेका संगीतकर्मीलाई प्रदान गर्दै आएको छ ।
भक्तराज आचार्य संगीत प्रतिष्ठानकी अध्यक्ष सुशिला आचार्य र सिटी एक्सप्रेस मनि ट्रान्सफरका संस्थापक चन्द्र टण्डनले संयुक्त रुपमा सम्मान प्रदान गरेका थिए ।
भक्तराज आचार्य संगीत प्रतिष्ठानले संगीत र कलाको क्षेत्रमा महत्तवपूर्ण योगदान पु¥याउदै आएको छ र सिटी एक्सप्रेसले सामाजिक उत्तरदायित्व अन्तर्गत भक्तराज आचार्य संगीत प्रतिष्ठानलाई साथ दिंदै आएको हो ।








प्रतिक्रिया