९ असार २०८३, मंगलबार

राजनीतिमा फर्किने पूर्वराष्ट्रपति भण्डारीको रहरमा केन्द्रीय सदस्यले पनि दिएनन् साथ

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ साउन । नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले पार्टीका केन्द्रीय कमिटीका अधिकांश नेताहरूले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पूर्वराष्ट्रपतिकै हैसियतमा बस्नुपर्ने धारणा राखेको बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको केन्द्रीय कमिटीको बैठकका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले बैठकमाआफ्नो धारणा राख्ने अधिकांश नेताहरूले पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा फर्कनु उपयुक्त नहुने बताएको जानकारी गराएका हुन् ।

उनले भने, ‘अधिकांश बोल्नु हुने केन्द्रीय कमिटीका सदस्यहरुले विधानको संशोधित प्रस्तावलाई समर्थन गर्नुभएको छ । पूर्वराष्ट्रपतिको विषयमा पनि कुरा उठेको छ । केन्द्रीय कमिटीको सदस्यहरूले अधिकांशले पूर्वराष्ट्रपति, पूर्वराष्ट्रपति कै हैसियतमा बस्न उपयुक्त हुन्छ । पार्टी राजनीतिमा आउने कुरा प्रणाली र व्यवस्थाको लागि स्वभाविक नहुने कुरामा आफ्ना मत राख्नुभएको छ । यसकाबारेमा पार्टीले आवश्यक निर्णय लियो्स् भन्न सुझाव पनि राख्नुभएको छ ।’

त्यस्तै प्रचार विभागप्रमुख राजेन्द्र गौतमले पूर्वराष्ट्रपति भण्डारीबारे एमालेले निर्णय गर्ने जानकारी दिए ।