६ असार २०८३, शनिबार

कम्युनिष्ट पार्टी नेतृत्वको सरकारबाट पनि देशको अवस्था परिवर्तन भएन : जनार्दन शर्मा

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ साउन । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले पटकपटक कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार रहँदा पनि देशको अवस्था परिवर्तन नहुँदा गम्भीर प्रश्नको सामना गर्नुपरेको बताएका छन् ।

मंगलबार ४७औं पुष्पलाल स्मृति दिवसका सन्दर्भमा आयोजित ‘वर्तमान राजनीति र कम्युनिष्ट आन्दोलन’कार्यक्रममा बोल्दै उनले कम्युनिष्ट आन्दोलनका एजेण्डा हराउँदै गएकाले कम्युनिष्ट पार्टीमा गम्भीर प्रश्न उठेको बताएका हुन् ।

उनले भने, ‘आज लाखौँ लाख युवाहरु विदेशमा श्रम पसिना बगाइरहेका छन् । हाम्रो जमिन बाँझो छ, खण्डहर बन्दैछन् । यहाँ गम्भीर प्रश्न छ । आज इतिहासको सबैभन्दा कटुट प्रश्न हो यो । नौ पटक सरकारको नेतृत्व गर्दा के दियौ के बदल्यौं, के पूरा गर्यौ वाकिन गरेनौ ? यो प्रश्नको उत्तर दिन कम्युनिष्ट पार्टी तयार हुनुपर्छ ।’

उनले कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार बन्दा पनि देशको गरिवीको अवस्था, उत्पीडित जाती, दलितहरु माथिको दमन, अत्याचार उस्तै रहेको बताए ।