५ असार २०८३, शुक्रबार

प्रकाशमान निवासमा सात नेताको भेला, सभापति देउवाले आफूहरूसँग परामर्श गर्नुपर्ने निष्कर्ष

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ साउन । नेपाली कांग्रेसका सातजना नेताहरूको भेलाले पार्टी सभापति शेरबहादुर देउवाले आफूहरूसँग परामर्श गर्नुपर्ने निष्कर्ष निकालेका छन् ।

उपप्रधानमन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा नेताहरू गोपालमान श्रेष्ठ, विजयकुमार गच्छदार, प्रकाशमान सिंह, विमलेन्द्र निधि, डा. शशांक कोइराला, कृष्ण सिटौला र डा. प्रकाशशरण महतले छलफल गर्दै सभापतिले सरकारसँग जोडिएका गम्भीर विषयमा आफूहरूसँग परामर्श गर्नुपर्ने निष्कर्ष निकालेका हुन् ।

बैठकले सरकारले संविधान संशोधनलगायतका एजेन्डा अघि बढाउन नसकेको निष्कर्ष निकाल्दै सरकारका तर्फबाट सरकारको नेतृत्वमा रहेका उपप्रधानमन्त्रीसिंहले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि कुरा गर्ने निष्कर्ष निकालेको छ ।