
काठमाडौं, ५ साउन । भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकमा सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसबीच सहमति जुट्न सकेन । आज बसेको दुई दलको बैठकमा सहमति जुट्न नसकेको हो ।
नेपाली कांग्रेसको सिंहदरबारस्थित संसदीय दलमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी र गृहमन्त्री रमेश लेखकसहितको कांग्रेस–एमालेका सांसदहरू बैठकमा बसेका थिए ।
सरकारले ल्याएको विधेयकमा अनुमति प्राप्त घरजग्गा व्यवसाय गर्ने कम्पनीको नाममा जग्गा भए ‘जग्गा विकास गरी विकसित घडेरी वा त्यस्तो घडेरीमा घर वा आवास इकाइ (अपार्टमेन्ट) निर्माण गरी बिक्री गर्न कुनै बाधा नपर्ने’ उल्लेख छ ।









प्रतिक्रिया