१५ असार २०८३, सोमबार

खुशी मुद्रामा भेटवार्ता सकाएर निस्किए ओली र भण्डारी

2.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ साउन । प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता सकिएको छ ।

ओली र भण्डारीबीच एमालेको मुख्यालय च्यासलमा भेटवार्ता भएको हो । भेटपछि दुवैजना खुशी मुद्रामा कार्यालयबाट बाहिरिएका छन् । भण्डारीले एमालेको राजनीतिमा पुनरागमन गरेपछि ओली र भण्डारीबीच टकराब सुरू भएको भनिएतापनि आजको भेटले यसलाई चिर्दैै सकारात्मक वार्ता भएको संकेत गरेको छ ।

च्यासलबाट निस्किँदै गर्दा पूर्वराष्ट्रपति भण्डारीले राजनीतिक विषयमा मात्रै कुराकानी भएको जानकारी दिइन् । भण्डारीले भनिन्,’राष्ट्रिय राजनीतिका विषयमा मात्रै कुराकानी भयो । अरू विषय आधिकारिक च्यानलबाट जानकारी आउँछ ।’

अध्यक्ष ओली र पूर्वराष्ट्रपति भण्डारीबीच करिब डेढ घण्टा भेटवार्ता भएको थियो । पूर्वराष्ट्रपति भण्डारीले पार्टीको राजनीतिमा आउन मिल्ने नमिल्ने बहसका बीच उन्हिरूबीच भएको छलफलले बहसलाई निचोडमा लिन सहयोग पुग्ने ठानिएको छ ।
वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्ष ओलीले शनिबारको पोलिटब्यूरो बैठकमा दिएको जानकारी बमोजिम पूर्वराष्ट्रपति भण्डारीसँग छलफल गर्नुभएको र यो सकारात्मक रहेको पत्रकारहरूलाई बताए । एमालेको केन्द्रीय कमिटी बैठक सोमबारदेखि हुने भएकाले पनि त्यसको अघिल्लो दिन भएको भेटवार्तालाई अर्थपूर्ण मानिएको छ ।