
काठमाडौं, ४ साउन । प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा आली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता सुरू भएको छ । एमालेको पार्टी कार्यालय च्यासल ओली र भण्डारीबीच भेटवार्ता भइरहेको हो ।
एमालेको सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी भण्डारीको पुनरागमलाई लिएर विवाद देखिँदा ओली र भण्डारीबीच भेटवार्ता भएको हो ।
शनिबार सम्पन्न एमाले पोलिटब्यूरो बैठकमा भण्डारीको पार्टी सदस्यता नवीकरणको विषयमा पेन्डिङमा नै रहेको र उनको सदस्यता नवीकरणको मुद्दा राजनीतिक मुद्दा भएकाले यसकाबारेमा केन्द्रीय कमिटीबाट निष्कर्ष निकाल्ने निर्णय भएको थियो ।










प्रतिक्रिया