२ श्रावण २०८३, शनिबार

मुग्लिन-नारायणघाट सडकमा गुडिरहेको गाडीमा ढुंगा खस्यो

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, ४ साउन । नारायणघाट-मुग्लिन सडकखण्ड अन्तर्गत तुइन खोला पुल नजिककै गुडिरहेको गाडीमा ढुंगा खसेको छ।

काठमाडौंतर्फ आइरहेको भारतीय नम्बर प्लेटको कारमाथि ढुंगा खसेको हो ।

ढुंगा खसेर कारको अगाडिको सिसा फुटेको छ। कारमा सवार तीन जना घाइते भएका छन्। पछाडि बसेका तीनजनाको सिटमै ढुंगो बज्रिएको थियो ।

पहराबाट आएको ढुंगो कारको सन रुफ भत्काउँदै सिटमा रहेका यात्रुमाथि लागेको हो ।