
काठमाडौं, ४ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीले पदाधिकारी हेरफेरको विवरण अद्यावधिक नगरेको भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ ।
आज निर्वाचन आयोगमा पुगेर महामन्त्री कविन्द्र बुर्लाकोटीसहितले ध्यानाकर्षण गराएका हुन् ।
निर्वाचन आयोगका कार्यकारी प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसँगको छलफलपछि आयोगले आफूहरुले अद्यावधिक गरिरहेको जानकारी दिएको महामन्त्री बुर्लाकोटीले बताए।
महामन्त्रीबाट हटाइएका मुकुल ढकालको विवरण एक वर्षसम्म अद्यावधिक नभएपछि रास्वपा आयोग पुगेको हो ।








प्रतिक्रिया