२५ असार २०८३, बिहिबार

पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता हुँदै

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ साउन । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता हुने भएको छ ।

भण्डारी र ओलीबीच आज दिउँसो ३ बजे पार्टी कार्यालयमा भेटवार्ता तय भएको जानकारी दिइएको हो ।

भण्डारीले एमालेका सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेसँगै एमालेभित्र नयाँ बहस छेडिएको छ । भण्डारी राजनीतिमा फर्किनु अस्वभाविक रहेको भन्दै ओली भने असन्तुष्ट देर्खिका छन् । जसले गर्दा पछिल्लो समय भण्डारी र ओलीबीच टकरावको स्थिति समेत देखिएको छ ।

पछिल्लो घटनाक्रमकाबीचमा भण्डारी र ओलीबीच हुन लागेको भेटवार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ ।