
काठमाडौं, २ साउन । मेडिकल व्यवसायी दुर्गा प्रसाईँविरूद्वको साइबर अपराधको मुद्दा खारेज भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ ज्वाला संग्रौला र रोशन सुवेदीले जिल्ला अदालतमा दायर गरेको मुद्दामा दाबी नपुग्ने भन्दै खारेज भएको हो ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको एकल इजलासले अभियोगमा दाबी नपुग्ने भन्दै मुद्दा खारेज गरेको हो ।
प्रसाईँ हाल पुर्पक्षका लागि कारागारमा छन् ।








प्रतिक्रिया