
काठमाडौं, २ साउन । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र कांग्रेस नेता शेखर कोइरालाबीच शुक्रबार बिहान करिब एक घण्टासम्म भेटवार्ता भएको छ ।
उनीहरूबीच देशको समसामयिक राजनीतिक विषयमा छलफल भएको बुझिएको छ ।
कोइराला आज बिहान ९ बजे भण्डारीलाई भेट्न उनकै निवास पुगेका थिए ।
कोइरालाले बिहीबार माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेटवार्ता गरेका थिए ।









प्रतिक्रिया