
काठमाडौं, १ साउन । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ ।
बैठकमा विधान महाधिवेशनको तयारीका विविध विषयहरूमा छलफल र निर्णयहरू हुने बताइएको छ । साथै, बैठकले साउन २ र ५ गते बस्ने पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकको कार्यसूची तय गर्ने बताइएको छ ।
गत माघ ८ गते बसेको एमालेको सचिवालय बैठकले आगामी भदौ २०, २१ र २२ गते ललितपुरको गोदावरीमा दोस्रो विधान महाधिवेशन गर्ने निर्णय गरेको छ । त्यसैको तयारीका लागि पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक बोलाइएको हो ।








प्रतिक्रिया