१९ असार २०८३, शुक्रबार

प्रधानमन्त्रीद्वारा साउने सङ्क्रान्तिको शुभकामना

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले साउने सङ्क्रान्ति पर्वको अवसरमा शुभकामना दिएका छन् ।

बिहीबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले साउने धरती झैं सबैका मनमा हरियाली छाओस्, मनमा मेघजस्तो शीतलता भरियोस् भन्दै शुभकामना दिएका हुन् ।

प्रधानमन्त्री ओलीले भनेका छन्, ‘आज साउने सङ्क्रान्ति । साउने सङ्क्रान्तिपछि हाम्रा चाडपर्वहरू आउन थाल्छन्, साउनमा शिवको व्रत पूजा गरिन्छ । साउने धरती झैं सबैका मनमा हरियाली छाओस्, मनमा मेघजस्तो शीतलता भरियोस् । साउने सङ्क्रान्तिको शुभकामना !!’