
काठमाडौं, ३२ असार । प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष तथा जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ विश्व प्रेस काउन्सिलको उपाध्यक्षमा निर्वाचित भएका छन् ।
अफ्रिकी मुलुक ताञ्जानियामा जारी काउन्सिलको शिखर सम्मेलनबाट श्रेष्ठ उपाध्यक्षमा चयन भएका हुन् । श्रेष्ठ विश्व प्रेस काउन्सिलको निवर्तमान महासचिव समेत हुन् ।
काउन्सिलको आगामी ३ वर्षका लागि सर्वसम्मतिबाट नयाँ नेतृत्व चयन भएको हो ।

श्रेष्ठको प्रस्तावकमा भारतीय प्रेस काउन्सिलका प्रतिनिधि सुधीरकुमार पण्डा तथा समर्थकहरुमा जिम्बाब्वेका लफ्टी दुबे, म्यान्मारका डा. तिन तुन ओ, कोसोभोका इब्राहिम अर्सलान र तान्जानियाका काजुबी मुकाजाङ्गा थिए ।
काउन्सिल अध्यक्षमा केन्याका डेभिड ओम्ओयो र अर्का उपाध्यक्षमा साइप्रसका अली हान्सेर्ली निर्वाचित भएका छन् ।
त्यस्तै, तान्जानियाका अर्नेस्ट साम्सोन सुङ्गुरा महासचिव, टर्कीका तामेर अताबारुत कोषाध्यक्षमा चयन भएका छन् ।
सोमबारदेखि तान्जानियाको आरुसामा जारी काउन्सिलको विश्व सम्मेलनमा नेपालसहित २७ राष्ट्रका प्रतिनिधिको सहभागिता छ ।








प्रतिक्रिया