२ असार २०८३, मंगलबार

एम्बार्क अनम्याथको ‘उद्यमी गणित’कार्यक्रमः शैक्षिक गणितलाई व्यावहारिक प्रयोगमा रूपान्तरण

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३२ असार । एम्बार्क अनम्याथ प्रालिले आज आफ्नो ‘उद्यमी गणित’ कार्यक्रम सफलतापूर्वक सञ्चालन गरेको जनाएको छ ।

यो एक वर्षे कार्यक्रमले कक्षा ६ देखि १२ सम्मका विद्यार्थीहरूको लागि परम्परागत गणित शिक्षालाकई व्यावहारिक व्यापारिक तालिममा रूपान्तरण गरेको एम्बार्क अनम्याथले जनाएको छ । यसले गणितीय सिद्धान्तहरूलाई व्यापारिक सफलतासँग कसरी जोड्न सकिन्छ भन्ने कुरा प्रष्ट रूपमा देखाउँछ । साथै, यसले विद्यार्थीहरूलाई उद्यमशीलताको लागि तयार पार्दै उनीहरूको शैक्षिक आधारलाई बलियो बनाउँछ ।

यस नयाँ कार्यक्रमको बारेमा बोल्दै एम्बार्क अनम्याथ स्कूलका सहसंस्थापक दिवेश बठिजाले भने, “हामी यस प्रोग्राममार्फत विद्यार्थीहरूलाई गणित मात्रै सिकाइरहेका छैनौँ, बरु व्यापारिक निर्णयहरूलाई गणितले कसरी प्रभाव पार्छ भन्ने कुरा सिकाइरहेका छौँ ।” उनले भने, “विद्यार्थीहरूले यस प्रोग्राममार्फत व्यावहारिक उद्यमशीलताको अनुभवमार्फत वित्तीय योजना, लगानी विश्लेषण, बजार अनुसन्धान र डेटा व्याख्या सिक्नेछन् । यो कार्यक्रमको मुख्य लक्ष्य नेपाललाई गुणस्तरीय शिक्षाको गन्तव्यमा बदल्नु हो । यसले प्रतिभाशाली विद्यार्थीहरूलाई देशमै राखेर देशको आर्थिक विकासमा योगदान दिन प्रेरणा दिन्छ ।”

सामान्य कक्षाकोठाको शिक्षणभन्दा फरक यो कार्यक्रमले छवटा रणनीतिक विद्यालय भ्रमणमार्पmत वास्तविक व्यापारिक चुनौतीहरूलाई गणितीय सिकाइसँग जोड्छ । विद्यार्थीहरूले स्टार्टअप मानसिकता र बजार विश्लेषणबाट सुरु गरेर प्रोटोटाइप निर्माण र व्यापक व्यापारिक योजना तयार गर्नेसम्मको सिक्नेछन् । यो कार्यक्रम डिसेम्बर २०२५ मा एम्बार्क कलेजमा आयोजना हुने स्टार्टअप फेस्टमा समापन हुनेछ र त्यहाँ विद्यार्थीहरूले आफ्ना उत्पादनहरूलाई पूर्ण रूपमा प्रदर्शन गर्नेछन् ।

संस्कृति इन्टरनेशनल स्कूल, युरो स्कूल हात्तीगौडा, र आलोक विद्याश्रमलगायत तीन प्रतिष्ठित शैक्षिक संस्थानहरूले यस कार्यक्रमलाई अपनाएका र धेरै राम्रो पनि परिणामहरू पनि प्राप्त गरेको जनाइएको छ ।