२ असार २०८३, मंगलबार

‘भेटायो’को नयाँ अफर– सोफा सफाइ सेवा अब मात्र ६०० रुपैयाँमा

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ असार । घरको सौन्दर्य र स्वास्थ्य दुवैलाई ध्यानमा राख्दै घरेलु सेवा प्रदायक कम्पनी भेटायोले प्रति सिटर ६०० रुपैयाँमा प्रोफेशनल सोफा सफाइ सेवा सुरू गरेको घोषणा गरेको छ । यो सेवा हाल काठमाडौं उपत्यकाभित्र उपलब्ध छ, जहाँ ग्राहकहरूले आफ्नो घरमै बसेर सेवा प्राप्त गर्न सक्नेछन् । यसले ग्राहकको समय र श्रम दुवैबाट छुटकारा दिलाउने भेटायोले जनाएको छ ।

दैनिक जीवनमा बारम्बार प्रयोग हुने सोफामा धुलो, दाग, र ब्याक्टेरिया सजिलै जम्ने गर्दछ । लामो समयसम्म सफा नगर्दा सोफाको आकर्षण मात्र होइन, परिवारको स्वास्थ्यमा समेत असर पर्न सक्छ जसले गर्दा खोकी, एलर्जी, र छालासम्बन्धी समस्याहरू निम्त्याउन सक्छ । त्यसैले नियमित र विशेषज्ञद्वारा गरिने सफाइ अत्यावश्यक हुन्छ ।

भेटायोको अनुभवी सफाइ टोलीले इको फ्रेन्डली र उच्च गुणस्तरका सफाइ सामग्रीहरू प्रयोग गरी सोफालाई नयाँजस्तै चम्किलो बनाउने कम्पनीले जनाएको छ । धुलो, दाग, गन्ध र जीवाणुहरूलाई प्रभावकारी रूपमा हटाउन विशेष प्रविधि अपनाइन्छ । सेवा सम्पन्न गर्न औसतमा ४० मिनेटदेखि १ घण्टा लाग्ने बताइएको छ ।

सेवा बुक गर्न ‘भेटायो’ मोबाइल एप प्रयोग गर्न सकिन्छ वा भेटायोको कल सेन्टर (फोन: ९८०१०८८०८०)मा सम्पर्क गर्न सकिन्छ । ग्राहकले आफूलाई उपयुक्त मिति र समय छानेपछि तोकिएको समयमा भेटायोको टोली घरमै पुगेर सफाइ र सुख्खाइ प्रक्रिया सम्पन्न गर्ने कम्पनीले जनाएको छ ।

भेटायो एपमा प्लम्बिङ, इलेक्ट्रिसियन, पेस्ट कन्ट्रोल, हाउस क्लनिङ्, ड्राइभर सेवा लगायतका १५ भन्दा बढी सेवाहरू उपलब्ध रहेको कम्पनीले बताएको छ ।