
काठमाडौं, ३० असार । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले एक वर्षे कार्यकाललाई देश सुधारको सङ्केत दिने अवधिको रूपमा व्याख्या गरेका छन् ।
सोमबार बिहान फेसबुकमा लेख्दै महासचिव पोखरेलले देश सुधारको गतिमा अघि बढेको उल्लेख गरेका हुन् । ‘पार्टी अध्यक्ष नेतृत्वको सरकारले एक वर्ष पूरा गरेको छ, यो एक वर्षमा ओरालो यात्रा रोकिएको छ र सुधारका सुस्पष्ट परिणाम देखिँदै छन्’, उनले लेखेका छन् ।
यसअघि प्रधानमन्त्री ओलीले पनि सरकारको एक वर्ष पूरा भएको सन्दर्भमा फेसबुकमार्फत धारणा सार्वजनिक गरेका छन् । प्रधानमन्त्रीले पनि आफ्नो एक वर्षे कार्यकाललाई देशको आर्थिक सुधारको वर्षको रूपमा व्याख्या गरेका छन् ।








प्रतिक्रिया