
–कृष्ण पौडेल
कपिलवस्तु, २९ असार । काठमाडौंबाट दाङतर्फ जाँदै गरेको यात्रुबाहक बस कपिलवस्तुमा दुर्घटना हुँदा २९ जना यात्रु घाइते भएका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक पंकज चुँदालीका अनुसार लु.प्र. ०२–००१ ख ००४५ नम्बरको बस चन्द्रौटा र गोरुसिङ्गे बीचको बेल नदी नजिकै दुर्घटनामा परेको हो ।
‘दुर्घटनामा तीन जनाको अवस्था गम्भीर छ,’ उनले भने । गम्भीर घाइतेलाई बुटवलस्थित अस्पतालमा रिफर गरिएको छ भने अन्य घाइतेको चन्द्रौटास्थित सञ्जिवनी सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनाको कारण भने अझै खुलेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया