२१ असार २०८३, आइतबार

बूढीराप्ती नदीमा बेपत्ता बालकको शव फेला

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, २७ असार । पूर्वी चितवनको रत्ननगर–७, पडेरिया पुल नजिकै बूढीराप्ती नदीमा बेपत्ता भएका १५ वर्षीय बालक अनमोल लम्सालको शव फेला परेको छ ।

रत्ननगर नगरपालिकाको नगरप्रहरी टोलीले आज बिहान पडेरिया पुलबाट करिब २ किलोमिटर चित्रसारीतर्फ बाँसघारी नजिक उनको शव फेला पारेको हो ।

रत्ननगर–१५, माधवपुर निवासी लम्साल बिहीबार दिउँसो २ बजे पौडी खेल्ने क्रममा बूढीराप्ती नदीमा बेपत्ता भएका थिए । रत्ननगर–७, पडेरियास्थित मामाघर गएका बेला उनी नदीमा पौडी खेल्न गएका थिए । बेपत्ता भएको १५ घण्टापछि उनको शव फेला परेको प्रहरीले जनाएको छ ।