
काठमाडौं, २४ असार । जर्मनीको प्रख्यात स्वास्थ्य तथा वेलनेस उपकरण निर्माता ब्युरर जीएमबीएचले अब आधिकारिक रूपमा नेपाली बजारमा प्रवेश गरेको छ, जसअन्तर्गत यसको उत्कृष्ट घरेलु स्वास्थ्य उपकरणहरू देशभरिका उपभोक्ताहरूका लागि उपलब्ध छन् ।
सन् १९१९ मा स्थापना भई जर्मनीको उल्ममा मुख्यालय रहेको ब्युरर आज १४० भन्दा बढी देशहरूमा सञ्चालनमा छ र १,६०० भन्दा बढी कर्मचारीसहित व्यक्तिगत स्वास्थ्य, वेलनेस, र मेडिकल प्रविधिको क्षेत्रमा विश्वको अग्रणी ब्रान्डको रूपमा परिचित छ ।
नेपालमा यसको सुरुवातले विश्वभरका घरपरिवारहरूलाई सहज, प्रयोगमैत्री, र चिकित्सा–प्रमाणित स्वास्थ्य समाधानहरू उपलब्ध गराउने कम्पनीको लक्ष्यमा नयाँ उपलब्धि थपेको छ ।
त्रिपुरेश्वर काठमाडौंमा आयोजित औपचारिक कार्यक्रममा ब्युरर इन्डियाका कन्ट्री म्यानेजर रोहित सैनी र नेपालका लागि आधिकारिक वितरक नेपाल ओभरसिज मार्केटिङ कम्पनीका कार्यकारी निर्देशक राहुल अग्रवालको उपस्थितिमा नेपाली बजारमा यसको सुरुवात गरिएको हो ।
ब्युरर इन्डियाका कन्ट्री म्यानेजर सैनीले भने, “ब्युररले सधै भरपर्दो र नवप्रवर्तनयुक्त प्रविधिबाट व्यक्तिको जीवनस्तर सुधार गर्नमा ध्यान केन्द्रित गर्दै आएको छ । स्वास्थ्य सचेतना र रोकथाम मुखी सेवाहरू तीव्र गतिमा बढिरहेको नेपाली बजारमा आफ्नो उपस्थिति जनाउन पाउँदा हामी निकै उत्साहित छौँ ।”
सुरुवातमा ब्युररले आफ्ना विश्वसनीय र सबैभन्दा बढी माग भएका निम्न उत्पादनहरू नेपाली बजारमा ल्याउनेछः
- डिजिटल रक्तचाप नाप्ने मेसिन
- स्वासप्रश्वास सम्बन्धी हेरचाहका लागि नेबुलाइजरहरू
- रगतको चिनी मापन गर्ने ग्लुकोमिटरहरू
- डिजिटल थर्मोमिटरहरू
यी सबै उपकरणहरू उत्कृष्ट जर्मन इन्जिनियरिङ, सजिलो प्रयोग, र मेडिकल–ग्रेड शुद्धताका लागि विश्वभर ख्यातिप्राप्त छन्, जसले घरेलु प्रयोगकर्तादेखि स्वास्थ्य सेवाप्रदायकहरूसम्म सबैलाई उपयुक्त सेवा प्रदान गर्ने कम्पनीले जनाएको छ ।
नेपाल ओभरसिज मार्केटिङ कम्पनीका कार्यकारी निर्देशक अग्रवालले भने, “गुणस्तर, भरोसा, र नवप्रवर्तनको प्रतीक बनेको ब्रान्ड ब्युररलाई नेपालमा ल्याउन पाउँदा हामी गौरवान्वित छौँ । घरमै स्वास्थ्य जाँच गर्ने प्रवृत्ति बढ्दो अवस्थामा रहेको यस समयमा ब्युररका उत्पादनहरू अत्यन्तै उपयुक्त र परिवर्तनकारी सावित हुनेछन् ।”








प्रतिक्रिया