२५ असार २०८३, बिहिबार

रसुवामा बाढी, नेपाल–चीन जोड्ने मितेरी पुल बगायो

896
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ असार । चीनमा अविरल वर्षाको कारण भोटेकोशी नदीमा बाढी आउँदा रसुवाको गोसाईकुण्ड गाउँपालिका रसुवागढीस्थित नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको छ । आज बिहान अन्दाजी ३ः१५ बजे आएको बाढीले पुल बगाएको हो ।

त्यसैगरी, टिमुरेस्थित भन्सार यार्डमा बाढी पसेर केही मालबाहक कन्टेनर बगाएको छ । हालसम्म कुनै मानवीय क्षति भएको खबर प्राप्त भएको छैन । नदीमा पानीको बहाब अझै उच्च भएकोले तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने सम्पूर्णलाई सतर्क रहन आग्रह गरिएको छ ।