२५ जेष्ठ २०८३, सोमबार

जबजको ‘क्रोनोलोजी’ प्रस्तुत गर्दै महासचिव पोखरेलद्वारा ११औं महाधिवेशनमा समाजवादको आधार निर्माणमा केन्द्रित हुन आह्वान

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ असार । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले जनताको बहुदलीय जनवाद (जबज)को विकास क्रमको व्याख्या गर्दै पार्टीको एघारौं महाधिवेशनमा परिपूर्ण लोकतन्त्र र नेपाली विशेषताको समाजवाद निर्माणको आधार तय गर्ने विषयमा छलफल गर्न पार्टीपंक्तिलाई आश्वान गरेका छन् ।

सामाजिक सञ्जालमा जबजका उद्भवदेखि हालसम्मको ‘क्रोनोलोजी’ प्रस्तुत गर्दै महासचिव पोखरेलले चौथो राष्ट्रिय महाधिवेशनमा नयाँ जनवादमा बहुदलीयतालाई स्विकार्ने निर्णय भएको र सोही नीतिको जगमा संयुक्त जनआन्दोलनमार्फत पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलन सफल भएको उल्लेख गरेका छन् । विधान महाविधेशनको बहस पार्टी भित्र चर्किरहेका बेला महासचिव पोखरेलले जबजको इतिहास खोतलेका छन् । उनले कुन महाधिवेशनमा जबजलाई कसरी अंगिकार गरियो र त्यसको कार्यन्वयनले नेपाली राजनीतिमा के कस्तो परिणाम दियो भन्ने विषय पनि स्पष्ट पारेका छन् ।

‘पाँचौँ राष्ट्रि महाधिवेशनमा नेपाली क्रान्तीको मौलिक कार्यक्रमका रुपमा जनताको बहुदलीय जनवाद अत्याधिक बहुमतबाट स्विकृत’ महासचिव पोखरेल सामाजिक सञ्जालमा लेख्छन्, ‘२०५१ सालमा मनमोहन अधिकारीको नेतृत्वमा कम्युनिष्ट नेतृत्वको सरकार गठन भयो ।’ छैटौं महाधिवेशनमा आइपुग्दा जबज कार्यक्रम मात्र नभएर नेपाली क्रान्तिको नेतृत्वकारी विचारका रुपमा स्थापित भएको महासचिव पोखरेलको दाबी छ ।

सातौँ महाधिवेशनमा जबजको मान्यतामा आधारित अध्यक्षात्मक प्रणालीको प्रष्तुत गरेर स्थगन गरिएको पोखरेलले उल्लेख गरेका छन् । यो महाधिवेशनमा संविधानसभा मार्फत राज्यको पुनर्संरचनासम्बन्धी फरक मत राखिए पनि महाधिवेशनबाट अस्विकृत भएको पोखरेलले उल्लेख गरेका छन् । तर यही महाधिवेशनबाट बनेको केन्द्रीय कमिटीको नवौं बैठकले महाधिवेशनमा अस्विकृत भएको प्रस्ताव पारित गरेको जानकारी पनि महासचिवले दिएका छन् ।

आठौं महाधिवेशनमा जबजकै जगमा पार्टीको लोकतान्त्रिकरणको मान्यताका रुपमा अनुमोदित र सोही अनुसारको वैधानिक व्यवस्था निर्माण भएको पोखरेलले उल्लेख गरेका छन् । एमालेले अंगिकार गरेको यो प्रणालीले अन्य राजनीतिक दललाई समेत प्रभावित गरेको उनले उल्लेख गरेका छन् । यसै महाधिवेशनबाटै जनताको बहुदलीय जनवाद नेपाली क्रान्तीको सिद्धान्तको रुपमा स्थापित भएको महासचिव पोखरेलले लेखेका छन् । नवौं महाधिवेशनमा जबजको मान्यताकै आधारमा २०६२/०६३ सालको जनआन्दोलन सफल भएको र २०४७ सालको संविधानमा पार्टीले राखेको २७ बुँदे असहमति पुनर्स्थापित प्रतिनिधि सभाको ऐतिहासिक घोषणामार्फत अनुमोदन भएको पोखरेले उल्लेख गरेका छन् । नवौं महाधिवेशनले नै जबजको सान्दर्भिकता नेपाली राजनीतिमा अपरिहार्य रहेको निष्कर्ष निकालेको उनको भनाइ छ ।

दशौं राष्ट्रिय महाधिवेशनमा जबजको मार्गदर्शनमा समाजवादको आधार तयार गर्ने नीति अनुरुप ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा र संकल्प अनुमोदन भएको महासचिव पोखरेलले उल्लेख गरेका छन् । ‘आसन्न एघारौं महाधिवेशनमा जबजको मार्गदर्शनमा परिपूर्ण लोकतन्त्र र नेपाली विशेषताको समाजवाद निर्माणको आधार तयार गर्ने कुरामा छलफललाई केन्द्रित गरौं’ महासचिव पोखरेलले आह्वान गरेका छन् ।