२५ जेष्ठ २०८३, सोमबार

प्रधानमन्त्री र रेशम चौधरीबीच भेटवार्ता

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ असार । प्रधानमन्त्री केपी शर्मा ओली र नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीसँग भेटका लागि चौधरी प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । ओली र चौधरीबीच करिब एक घण्टा एक्लाएक्लै कुराकानी भएको बताइएको छ ।

नाउपाले हिजो मात्रै ओली नेतृत्वको संघीय सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । यस्तै, यसअघि नै लुम्बिनी तथा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरिसकेको छ ।