
काठमाडौं, २३ असार । कार्य व्यवस्था परामर्श समितिको बैठक बसेको छ ।
आज प्रतिनिधिसभाको बैठक बस्नुअघि सभामुख देवराज घिमिरेले समितिको बैठक राखेका हुन् । बैठकमा प्रतिनिधिसभा बैठकको कार्यसूचीबारे छलफल भएको हो ।
आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेन भ्रमणबारे जानकारी दिने, संघीय निजामती सेवा विधेयकको प्रतिवेदन त्रुटि छानबिन विशेष समिति गठन लगायतका विषयमा जानकारी दिने बताइएको छ ।
रास्वपा र राप्रपाले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्रीको राजीनामा र छानबिन समितिको माग गर्दै सदन अवरोध गर्दै आएका छन् ।








प्रतिक्रिया