६ असार २०८३, शनिबार

सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशको नाम समितिबाट अनुमोदन

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ असार । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीससहित चारजनाको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको छ ।

समिति बैठकले सर्वोच्च अदालतको प्रस्तावित न्यायाधीशमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरको प्रस्तावित मुख्य न्यायाधीश श्रीकान्त पौडेल, उच्च अदालत दिपायलका प्रस्तावित मुख्य न्यायाधीश शान्तिसिंह थापा, न्याय परिषद सदस्यमा प्रस्तावित महेशकुमार नेपालको नाम अनुमोदन गरेको हो।

नेकपा (माओवादी केन्द्र) का सांसदले भने समितिको बैठक बहिष्कार गरेका छन्। प्रस्तावित नाम समावेशी नभएको भन्दै बैठक बहिष्कार गरेका हुन् ।