
काठमाडौं, २३ असार । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनाल चीन प्रस्थान गरेका छन् । खनाल चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को निमन्त्रणामा पाँच दिने चीन भ्रमणका लागि गएराति त्यसतर्फ प्रस्थान गरेका हुन् ।
बेइजिङमा हुने ‘विश्व सभ्यता संवाद’ कार्यक्रममा सहभागी हुन खनाल चीन प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ ।
बेइजिङको मुख्य कार्यक्रममा सहभागी हुनुअघि खनाल हेनान प्रान्तको तीन दिने भ्रमण गर्ने कार्यक्रम छ । खनालले त्यहाँको आधुनिक कृषि अनुसन्धान केन्द्र, डिजिटल प्रविधि कम्पनी, नयाँ ऊर्जा प्रविधि कारखाना तथा ग्रामीण पुनरुत्थानका नमुना परियोजनाको अवलोकन गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।
खनाल असार २७ गते स्वदेश फर्किने कार्यक्रम छ ।








प्रतिक्रिया