
काठमाडौं, २२ असार । नेपालकै अग्रणी अनलाइन सपिङ प्लेटफर्म दराज नेपालले आफ्नो बहुप्रतिक्षित ७.७ ‘ह्वाट द फ्ल्याश’ सेलको घोषणा गरेको छ ।
७० प्रतिशतसम्मको छुट, निःशुल्क डेलिभरी, र ६० लाख रुपैयाँ बराबरका भौचरहरूसहित यो अभियान असार २३ (जुलाई ७) देखि असार २७ (जुलाई ११) सम्म चल्ने जानकारी दिइएको छ । सेलमार्फत नेपाली उपभोक्ताहरूलाई धमाकेदार किनमेल अनुभव प्रदान गर्ने लक्ष्य दराज नेपालले लिएको छ ।
यस वर्षको ७.७ सेलमा स्थानिय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरूको आकर्षक संयोजन देख्न पाइने दराजले जनाएको छ । जारा, एचएण्डएम, एचआरएक्स र यूएस पोलो लगायतका सात प्रतिष्ठित ब्रान्डले दराजमा आफ्नो कलेक्शन प्रस्तुत गर्नुका साथै प्रत्येकले ७—७ ओटा विशेष उत्पादनहरू केवल ७७७ रुपैयाँमा उपलब्ध गराउनेछन् । मामाअर्थ, भ्यान्स, कन्भर्स, नाइकी लगायतका सय भन्दा बढी अग्रणी एफएमसीजी तथा फेसन ब्रान्डहरूले फ्ल्याट ५० प्रतिशत छुट उपलब्ध गराउने छन् । यसबाहेक उपभोक्ताहरुका लागि रोमाञ्चक अनुभव प्रदान गर्ने सोचका साथ, फास्टेस्ट फिंगर फ्ल्याश सेल मार्फत छानिएका उत्पादनहरु ७, ७७, ७७७, र ७,७७७ रुपैयाँमा पाइने अफरहरू पनि उपलब्ध हुनेछन् ।
७.७ सेलको उद्देश्य केवल छुटमा मात्र सिमित भनई नेपाली उपभोक्ताका लागि उत्कृष्ट अनलाइन किनमेल अनुभव प्रदान गर्नु पनि हो । सेलले स्वास्थ्य र सौन्दर्य, फेशन, अडियो तथा वेयरेबल्स, फर्निचर, होम डेकोर लगायत थप विभिन्न श्रेणीमा अत्याधुनिक अफरहरूका साथ उपभोक्ताहरूलाई रोमाञ्चित बनाउने कम्पनीले आशा लिएको छ ।
दराजले ग्राहकहरूका लागि बेस्ट प्राइस ग्यारेन्टिड (बीजीपी) सुविधा पनि प्रदान गर्दै आइरहेको छ । यस सुविधाअन्तर्गत यदि कुनै ग्राहकले त्यही उत्पादन नेपालमा रहेको अरु कुनै अनलाइन प्लेटफर्ममा यसमा निर्धारित भन्दा सस्तो मूल्यमा पाउँछन् भने दराजले तिनलई मूल्य अन्तरको दोब्बर रकम फिर्ता पुरस्कार स्वरुप प्रदान गर्नेछ । तर, यसका लागि सर्तहरू भने लागू हुने कम्पनीले जनाएको छ ।
यस सेलअन्तर्गत ४९९ रुपैयाँ वा योभन्दा बढी खर्च गरेपछि छानिएका उत्पादनहरूमा निःशुल्क डेलिभरी सुविधा पनि प्राप्त गर्न सकिनेछ । ग्राहकहरूले यस सुविधाको उपयोगार्थ, दराज एपको होमपेजमा रहेको फ्रि डेलिभरी ब्यानरमा क्लिक गरी भौचर संकलन गर्नुपर्ने बताइएको छ ।










प्रतिक्रिया