१५ असार २०८३, सोमबार

स्वास्थ्यमन्त्री पौडेल डिस्चार्ज

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० असार । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको अस्पतालबाट डिस्चार्ज भएका छन् ।

स्वास्थ्यमा सुधार आएपछि मन्त्री पौडेल वीर अस्पतालबाट उपचारपछि घर फर्किएको अस्पतालका निर्देशक प्रा.डा. दिलीप शर्माले जानकारी दिए ।

अस्पतालका निर्देशक प्रा.डा. शर्माको नेतृत्वमा चिकित्सकको प्रत्यक्ष निगरानीमा मन्त्री पौडेलको उपचार भएको थियो ।

मन्त्री पौडेलले थाइल्याण्डमा आयोजित कार्यक्रममा सहभागी भई स्वदेश फर्के लगतै ज्वरो आएपछि यही असार १४ गते अस्पतालमा भर्ना भएका थिए ।