
काठमाडौं, १९ असार । काठमाडौंको कुमारीगाल, चाबहिलमा रहेको इलिक्सर एकेडेमीले हरेक वर्ष झैँ यो वर्ष पनि आफ्नो उत्कृष्ट नतिजालाई कायम राख्न सफल भएको छ ।
यो वर्ष एकेडेमीका माध्यामिक शिक्षा परीक्षा (एसईई) मा सहभागी ३८ जना विद्यार्थीमध्ये १८ जनाले ४ जीपीएसहित शतप्रतिशत विद्यार्थीले ३.७३ भन्दामाथि अङ्क प्राप्त गर्न सफल भएका हुन्।
विद्यालयले संस्कार सहितको शिक्षालाई विशेष महत्व दिँदै आएको छ । स्थापनाकाल देखि नै विद्यार्थीको सर्वाङ्गिण विकासलाई ध्यानमा राख्दै आफ्ना क्रियाकलाप सञ्चालन गरिरहेको र सर्वोत्कृष्टताको निरन्तरता हुनुमा अभिभावक, विद्यार्थी र विद्यालयबीचको पारस्परिक सहयोग नै रहेको विद्यालयका प्रिन्सिपल रविन दाहालले बताए ।
यसअघि २०७८ सालको एसईई परीक्षामा पनि काठमाडौं जिल्लामा प्रथम भई काठमाडौँ महानगरपालिकाबाट नगद पुरस्कार सहित ‘सर्वोत्कृष्ट विद्यालय पुरस्कार’ ले पुरस्कृत भएको थियो।
त्यस्तै २०८० सालको एसईई परीक्षामा समेत काठमाडौं जिल्ला प्रथम भई प्याबसन काठमाडौंद्वारा ‘उत्कृष्ट विद्यालय सम्मान २०८०’ ले सम्मानित भएको प्रिन्सिपल दाहालले जानकारी दिए ।








प्रतिक्रिया