११ असार २०८३, बिहिबार

आफूविरूद्व बोल्ने नेताविरूद्व व्यक्तिगत लडाइँ लड्ने रामकुमारी झाँक्रीको चेतावनी

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ असार । नेकपा (एकीकृत समाजवादी) की स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले आफू विरुद्ध बोल्नेविरूद्व व्यक्तिगत लडाइँमा उत्रने चेतावनी दिएकी छिन् ।

आज पार्टी सचिवालय बैठकमा सहभागी हुन पार्टी कार्यालय पुगेकी झाँक्रीले पार्टी कै नेताहरूले आफूलाई कारबाही गर्नुपर्ने माग उठाएकामा आक्रोश व्यक्त गरेकी हुन् ।

उनले भनिन्, ‘पार्टीका धेरै ठुला नेताहरू, शक्तिशाली नेताहरू मिडिया, सोसल मिडियामामा गएर विविध कुरा बोलिराख्नुभएको छ, त्यो बोलेका विषयप्रति चाहिँ म व्यक्तिगत हिसाबले लडाइँ त लड्छु नै। राजनीतिक हिसाबले पनि प्रतिवाद गर्छु, तर मैले भनेको कुराको स्पष्टीकरण बैठकमै राख्छु।’

यस्तै उनले आफूलाई पार्टीले नभइ केही नेताले स्पष्टीकरण सोधेको बताइन् । उनले भनिन्, ‘मलाई अहिलेसम्म पार्टीले कुनै स्पष्टीकरण सोधेको छैन। केही शक्तिशाली नेताहरूले टेलिभिजनबाट यस्तो कुरा सार्वजनिक गर्नुभएको छ, तर म त्यो भ्रम चिर्नकै लागि आज सचिवालय बैठकमा निवेदन लिएर आएकी हुँ ।’