२६ जेष्ठ २०८३, मंगलबार

त्रिभुवन विश्वविद्यालयको तालाबन्दी खोल्न सर्वोच्चको आदेश

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ असार । त्रिभुवन विश्वविद्यालयको तालाबन्दी तत्काल खोल्न सर्वोच्च अदालतले आदेश दिएको छ। न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले ताला खोल्न अन्तरिम आदेश दिएको हो।

गत जेठ १४ गते नेपाल विद्यार्थी संघले विभिन्न क्याम्पसमा स्ववियूमा निर्वाचित केही पदाधिकारीले उपकुलपति कार्यालयमा तोडफोड गर्दै तालाबन्दी गरेका थिए।

अधिवक्ता महेश भट्टराईलगायतले त्रिविको उपकुलपति, रेक्टर, रजिष्ट्रार, सेवा आयोग लगायतलाई विपक्षी बनाएर तालाबन्दी खुलाउन माग गर्दै मंगलबार सर्वोच्चमा रिट दर्ता गराएका थिए।