
काठमाडौं, १८ असार । यामाहा नेपालले गौरवका साथ यामाहा ग्लोबलको ७०औं वार्षिकोत्सव मनाएको छ । हरेक वर्ष जुलाई १ मा विश्वभर मनाइने “यामाहा डे”को अवसरमा यस वर्ष विशेष महत्वको “ब्रिजिङ ओल्ड एन्ड न्यु, थ्रु कान्डो एक्सन्स” भन्ने ग्लोबल थिमसहित यामाहाको इनोभेसन, प्यासन र उत्कृष्टताको सात दशक लामो यात्रालाई स्मरण गरिएको हो ।
नेपालमा पनि यामाहाले विभिन्न कार्यक्रमहरूमार्फत यो अवसरलाई अर्थपूर्ण बनाएको छ । एमएडब्लू फाउन्डेसनको नेतृत्वमा यामाहा ब्लु स्क्वायर नक्साल शोरूममा आयोजना गरिएको रक्तदान कार्यक्रम, दिगोपनको प्रतिबद्धता अनुरुप फ्याक्ट्री परिसर (एमएडब्लू अटो)मा गरिएको वृक्षारोपण अभियान र काठमाडौंको निःसहाय सेवा सदन, शान्तिनगर वृद्धाश्रममा गरिएको अर्थपूर्ण सामुदायिक सेवासम्बन्धी गतिविधिसँगै समापन गरिएको मौलिक यामाहा ब्लुस्ट्रिक्स राइडआउट जस्ता कार्यक्रमहरूले ब्रान्डको ‘समाजलाई योगदान गर्ने’ दर्शनलाई जीवन्त बनाएको कम्पनीले जनाएको छ ।

त्यस्तै, देशभरका यामाहा शोरूमहरूमा केक काट्ने कार्यक्रमहरूआयोजना गरिए, जसले ग्राहक, साझेदार र कर्मचारीहरूलाई एकै ठाउँमा जोड्ने काम गर्यो । साथै, टेकस्पाएर कलेजमा स्नातक तहका विद्यार्थीहरूलाई लक्षितगरी सडक सुरक्षा तालिमपनि प्रदान गरिएको थियो ।
यस विशेष अवसरमा एमएडब्लू ग्रुपका अध्यक्ष विष्णुकुमार अग्रवालले भने, “आज हाम्रो लागि साँच्चै गौरवको दिन हो । ७० वर्षको यो यात्रामा विगत ४० वर्षदेखि हामी यामाहासँगको साझेदारीमा छौं, जुन हाम्रो लागि पनि गर्वको विषय हो ।यामाहाले युवाहरूलाई प्रेरणा दिने इनोभेटिभ, स्टाइलिश र पर्फर्मेन्समा उत्कृष्ट सवारीहरू ल्याइरहँदा यो साझेदारी अझ धेरै वर्षसम्म अघि बढिरहनेमा हामी विश्वस्त छौँ । यामाहाले स्टाइल र पर्फर्मेन्स दुवैमा अब्बल उत्पादनमार्फत आजका युवाहरूको मनमा गहिरो छाप छोडेको छ । यामाहाका यी गुणहरू नेपाली ग्राहकहरूको चाहनासँग प्रत्यक्ष मेल खान्छन्, किनकि यहाँका उपभोक्ताहरू स्टाइलसँगै विश्वसनीयतालाई पनि उत्तिकै महत्त्व दिन्छन् । यामाहासँगको हाम्रो दशकौं पुरानो सम्बन्ध सधैं नेपाली बजारमा इनोभेसन, जोश र गुणस्तरीय राइड एक्सपिरियन्स ल्याउने साझा उद्देश्यमा आधारित रहँदै आएको छ । यामाहा हाम्रो लागि केवल एउटा ब्रान्ड होइन, यो त हाम्रो मनमा बसेको छ, हाम्रो पहिचानमै मिसिएको छ । यसले हाम्रो जीवन बदलिदिएको छ । यामाहा त हाम्रो नशामा बगिरहेको छ ।”

यामाहा दैनिक यात्रादेखि रेसिङ हुँदै एड्भेन्चर खोज्नेहरूसम्मका लागि डिजाइन गरिएका विविध र शक्तिशाली उत्पादनहरूको लागि परिचित रहँदै आएको छ ।नेपालकै उच्च माइलेज दिने स्कुटर एआरएआई प्रमाणित ७१।३३ किलोमिटर प्रतिलिटर माइलेज भएको यामाहा रेजेटआर १२५जेटआर १२५एफआई हाइब्रिडदेखि लिएरस्पोर्टी र स्टाइलिस यामाहा आर१५ भीआरसम्म यामाहाले सधैं उत्कृष्टताको नयाँ मापदण्ड स्थापित गर्दै आएको छ । सडकमा दमदार उपस्थिति चाहनेहरूका लागि एमटी१५ भी२ र एफजेट भी३ सिरिज आकर्षणका केन्द्र बनेको छ भने एरोक्स १५५ एक स्पोर्टी डिजाइन भएको परफर्मेन्स स्कुटरका रूपमा अगाडि आएको छ । अफरोड यात्राका लागि डब्लूआर१५५आर भरपर्दो विकल्पको रूपमा स्थापित भएको छ । यामाहाका सम्पूर्ण मेसिनहरू उन्नत जापानी प्रविधिबाट निर्माण गरिएका छन् जसले सुरक्षा, दक्षता र रोमाञ्चक राइडिङ अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ ।
एमएडब्लू राइड्सको नेतृत्वमा सञ्चालन भइरहेको यामाहा नेपाल आज नेपालकै सबैभन्दा भरपर्दो र प्रतिष्ठित दुईपाङ्ग्रे ब्रान्ड बनेको छ । अत्याधुनिक जापानी प्रविधि, भरपर्दो पर्फर्मेन्स र उत्कृष्ट आफ्टर सेल्स सर्भिसको संयोजनमार्फत यामाहाले सधैं पर्फर्मेन्स, स्टाइल र ग्राहक सन्तुष्टिको मापदण्ड तय गर्दै आएको छ । ब्रान्डले दक्ष जनशक्ति उत्पादन र ग्राहकको सम्पूर्ण अनुभवलाई अझ प्रिमियम बनाउने प्रतिबद्धतासहित नेपालको प्रत्येक कुनामा आफ्नो उपस्थिति बलियो बनाउँदै लगिरहेको छ ।









प्रतिक्रिया