
काठमाडौं, १८ असार । टेरामक्स प्रकरणमा भ्रष्टाचार मुद्दा खेपिरहेका नेपाली काँग्रेसका केन्द्रीय सदस्य मोहन बस्नेत महामन्त्री गगन थापाविरूद्व खनिएका छन् ।
जारी केन्द्रीय समिति बैठकमा थापाकै कारण अख्तियारले आफूमाथि छानबिन गरेको आरोप लगाउँदै उनले आफूविरूद्व राजनीतिक प्रतिशोध साँधिएको बताएका हुन् । उ
नले भने, ‘महामन्त्री गगनजी तपाईं अरू नेताहरूलाई पनि समात्न लगाउनुस्, अनि तपाईं चाहिँ कहाँ जानुहुन्छ ?’ ।
पार्टीले आफूलाई गभर्नरसँग साटेको आरोप पनि लगाए । उनले भने, उनले थपे, ‘गभर्नर ठूलो कुरा देशको लागि, म एउटा राजनीतिक कार्यकर्ता हो, मुद्दा लड्छु, गभर्नर र मलाई रोज्नुस् भन्दा गभर्नर रोजिएर स्वार्थ पूरा गर्ने काम भयो ।’









प्रतिक्रिया