२४ असार २०८३, बुधबार

ज्वाइँले गरे ससुराको हत्या

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम, १८ असार । जनकपुरमा ज्वाईँले ससुराको हत्या गरेका छन् ।

जनकपुरधाम-२१ कुर्थाका ४८ वर्षीय बेचन महासेठले जनकपुरधाम उपमहानगरपालिका-१५ कुवारामपुरका ६५ वर्षीय ससुरा बासुदेवप्रसाद विमलको हत्या गरेका हुन् ।

घरायसी विवादमा उनले ससुरामाथि चक्कु प्रहार गरेका प्रहरीले जानकारी दिएको छ । गम्भीर घाइते भएका ससुराको प्रादेशिक अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका हुन् । ज्वाइँ बेचन फरार छन् ।

उनको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।