४ श्रावण २०८३, सोमबार

रामहरि खतिवडालाई समिति सभापतिबाट निलम्बन गर्न माग गर्दै सभामुखलाई निवेदन

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ असार । निजामती विधेयकमा कुलिङ पिरियड हेरफेर प्रकरणमा राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडलाई निलम्बन गर्न माग गर्दै सभामुख समक्ष निवेदन परेको छ ।

आज युवराज सफलले सभामुख देवराज घिमिरे समक्ष खतिवडालाई निलम्बन र संसदीय छानबिन समिति गठन गर्न माग गर्दै निवेदन दिएका हुन् ।

‘कुलिङ पिरियडको सम्बन्धमा हेरफेर गर्ने कार्यमा राज्यव्यवस्था समिति सभापति रामहरि खतिवडा, अन्य सदस्य,सचिव, कानुन मन्त्री, कानुन सचिव, कानुन सहसचिव,सामान्य प्रशासन मन्त्री, सामान्य प्रशासन सचिव र सहसचिवलगायतको भूमिका भएको हुनसक्ने हुँदा सांसदले बनाएको कानुनी र दस्ताबेजमा अनधिकृत रूपमा संशोधन गर्नु भनेको राज्यविरुद्धको कसुर, सकारकारी किर्ते र न्यायिक एवं संवैधानिक जालसाजी हो’, सफलले निवेदनमा भनेका छन् ।