३२ असार २०८३, बिहिबार

सिप्रदी ट्रेडिङ र सिद्धार्थ बैंकबीच सम्झौता, इलेक्ट्रिक ट्याक्सी किन्न विशेष कर्जा सुविधा

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ असार । टाटा मोटर्सका लागि नेपालमा आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालि र सिद्धार्थ बैंक लिमिटेडबीच टाटा इलेक्ट्रिक ट्याक्सी एक्सप्रेस टी खरिदका लागि वित्तीय सहजीकरणसम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

सहकार्यअनुसार सिप्रदी ट्रेडिङमार्फत टाटा मोटर्सअन्तर्गतका विद्युतीय ट्याक्सी खरिद गर्ने ग्राहकहरूले सिद्धार्थ बैंकबाट छिटो, सहज र सुलभ ब्याजदरमा सवारीसाधन कर्जा प्राप्त गर्न सक्नेछन् र कर्जाको अवधि ५ वर्ष रहने सिप्रदीले जनाएको छ ।

सम्झौतामा सिप्रदी ट्रेडिङको तर्फबाट महाप्रबन्धक सावन्तजंग सिजापतिले हस्ताक्षर गरेका थिए भने सिद्धार्थ बैंकको तर्फबाट मुख्य खुद्रा बैंकिङ प्रमुख मनोहर केसीले हस्ताक्षर गरेका थिए ।

यो साझेदारीले स्वरोजगारीसँगै विद्युतीय ट्याक्सीको प्रयोगमा तीव्रता ल्याउनुका साथै सार्वजनिक यातायात प्रणालीमा योगदान पुर्‍याउने विश्वास लिइएको छ ।

‘एक्सप्रेस–टी’ विद्युतीय ट्याक्सी अत्याधुनिक विभिन्न विशेषताहरुका कारणले ग्राहक, यात्रु तथा सञ्चालकहरुले मन पराएका छन् । नयाँ प्रविधिका साथमा आकर्षक तथा सुरक्षित बनावट, पर्याप्त ठाउँ भएको ठूलो गाडी, सामान राख्न पर्याप्त बूट स्पेस तथा आरामदायी भएको कारणले गर्दा पनि यो विद्युतीय गाडी ग्राहक, यात्रु तथा सञ्चालकहरुको रोजाईमा परेको हो ।