२२ असार २०८३, सोमबार

सरकारको सामर्थ्य बढाउन एमाले महासचिव पोखरेलको सात सुझाव

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ असार । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले तीनै तहका सरकारको सामर्थ्य बढाउन सात सुझाव दिएका छन् ।

लोकप्रिय हुनकै लागि राज्यले नधान्ने माग राख्नु अनुचित भएको बताउँदै उनले विकास र समृद्धिका लागि तीनै तहका सरकारलाई आफ्नो सामर्थ्य बढाउन आग्रह गरेका हुन् ।

अहिले सरकार अनुचित मागको शिकार भएको उनको भनाइ छ । महासचिव पोखरेलले सरकारको सामर्थ्य बढाउन अनौपचारिक अर्थतन्त्रलाई औपचारिक बनाउनुपर्ने, राजश्व परिचालन गरी स्रोत वृद्धिको प्रभावकारी योजना बनाउनपर्ने, तोकिएको समयमा योजनाअनुसारको कार्यसम्पादनमा जोड दिनुपर्ने उनले सुझाव दिएका छन् ।

यसैगरी, सरकारहरूले सूचना प्रविधिको अधिककतम् प्रयोग गरेर सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउनुपर्ने, मागमा आधारितभन्दा योजनामा आधारित कार्यक्रमलाई जोड दिन पनि उनले सुझाव दिएका हुन् । सरकारहरूले आफूले गरेका कामको अभिलेखिकरण र मूल्यांकन प्रकृयालाई प्रभावकारी बनाउन पनि आग्रह गरे ।

यी सबै काम गर्न आफ्नो तहको प्रशासनिक र संरचनागत सुधार गर्दै कार्य दक्षता र जवाफदेहिता अभिवृद्धिमा जोड दिनुपर्ने महासचिव पोखरेलले उल्लेख गरेका हुन् ।