२८ जेष्ठ २०८३, बिहिबार

अर्घाखाँचीमा दुई युवतीले गरे विवाह

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अर्घाखाँची, १७ असार । अर्घाखाँचीमा दुई युवतीले बिवाह गरेका छन् ।

अर्घाखाँचीको भूमिकास्थान नगरपालिका निवासी २३ वर्षीया र कपिलवस्तुको कपिलवस्तु नगरपालिका निवासी २० वर्षीया युवतीले एकापसमा विवाह गरेका हुन् ।

वडा कार्यालयले उनीहरूले समलिंगी विवाह दर्ता समेत गरेको छ ।

विवाह दर्तामा अर्घाखाँचीकी युवतीलाई ‘दुलहा’ र कपिलवस्तुकी युवतीलाई ‘दुलही’ उल्लेख गरिएको छ । पछिल्लो डेढ वर्षदेखि उनीहरू प्रेम सम्बन्धमा थिए ।