
काठमाडौं, १७ असार । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाको राजीनामा माग गरेका छन् ।
सांसद माधव सापकोटाले निजामती विधेयकमा गरिएको ‘छेडखानी’ संसदमाथिको गम्भीर अपराध भएकाले सामान्य रूपमा लिन नसकिने बताउँदै राजीनामा दिनुपर्ने माग गरेका हुन् ।
सभापति खतिवडाको संलग्नतामै जालसाजी भएको उनको भनाइ छ ।
उनले भने, ‘उहाँको संलग्नता छ भने कानुनी हिसाबले पनि गम्भीर कुरा हो। उहाँको संलग्नता छैन भने नैतिक रूपमा उहाँले हस्ताक्षर गरेको भन्दा बाहिरको कुरा कहाँबाट आउँछ ? त्यसैले समितिको सभापति र सचिवले राजीनामा दिनुपर्छ।’








प्रतिक्रिया