२२ असार २०८३, सोमबार

कुलिङ पिरियड हेरफेरको जिम्मेवारी समिति सभापति र सचिवले लिनुपर्छ : सूर्य थापा

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ असार । नेकपा (एमाले) का सांसद सूर्य थापाले कुलिङ पिरियडमा हेरफेर गरेको विषय राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि  खतिवडा र सचिवले लिनुपर्ने बताएका छन् ।

राज्य व्यवस्था समितिबाट पारित भएको प्रतिवेदनको महत्त्वपूर्ण प्रावधान नै निरर्थक हुने गरी ‘बाहेक’ शब्द घुसाएर संघीय निजामती सेवा विधेयकमा कुलिङ अफ पिरियड प्रतिनिधि सभाबाट पारित गराइएको पाइएपछि अहिले चौतर्फी विरोध भइरहेकामा सांसद थापाले पनि आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।

उनले प्रतिवेदनमै नहरेको ‘बाहेक’ शब्द छलछाम गरी घुसाउने को हो ? भन्दै प्रश्न पनि गरे । यो अत्यन्त गैरजिम्मेवार कार्य क्षमायोग्य हुन नसक्ने उनले स्पष्ट पारेका छन् ।

उनले लेखेका छन्, ‘समितिको प्रतिवेदनमै नरहेको ‘बाहेक’ शब्द छलछाम गरी घुसाउने को हो ? राज्य व्यवस्था तथा सुशासन समितिका सभापति र सचिवले जिम्मेवारी लिनुपर्छ। यदि यस्तो गरेको तथ्य हो भने यो अत्यन्त गैरजिम्मेवार र जवाफदेहिताबिहीन कार्य क्षमायोग्य हुनसक्दैन। कानुन निर्माणमा विधि र प्रक्रियाविपरितको कुशासन नै हावी देखियो। सार्वभौम संसद र जननिर्वाचित सांसदहरूले छलफल र पारित गरेको कानुनमा कसले के कैफियत गर्यो यो गंभीर विषयय भएको छ !!!!,’ ।