
काठमाडौं, १६ असार । काठमाडौँको दरबारमार्गस्थित निर्माणाधीन भवनबाट लडेर २ जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा श्रमिक कैलाली घर भई हाल काठमाडौँ बसेर काम गर्ने अन्दाजी ३२ वर्षका प्रदेशी चौधरी र बर्दिया घर भई हाल काठमाडौँमा काम गर्ने अन्दाजी २२ वर्षका विशाल चौधरी रहेका छन्।
पोतला डेभलप्मेन्ट प्रालीको कार्यालयले बनाउँदै गरेको ९ तले पक्की घरको ४ तलामा सामान ओसारपसार गर्ने लिफ्टमा चढेर ग्रिज लगाउने क्रममा उनीहरु लडेका थिए।








प्रतिक्रिया