
काठमाडौं, १६ असार । पत्रकार दिलभुषण पाठक विरुद्ध काठमाडौं जिल्ला अदालतमा विद्युतीय कारोबार ऐन अन्तर्गत मुद्दा दर्ता भएको छ। सोमबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो।
युट्युब च्यानलमार्फत हिल्टन होटेलसहितमा लगानी रहेको भन्दै चरित्रहत्या गरेको भन्दै जयवीर देउवाले दिएको जाहेरीको आधारमा पाठकविरुद्ध प्रहरीको साइबर ब्युरोमार्फत जिल्ला अदालत काठमाडौँबाट पक्राउ पुर्जी जारी भए पनि सर्वोच्च अदालतको अन्तरिम आदेशको आधारमा उनी पक्राउबाट जोगिएका थिए।
पाठकलाई पक्राउ गरेर अनुसन्धान नगरे पनि प्रहरीले उनलाई फरार प्रतिवादी कायम गर्दै सरकारी वकिलको कार्यालयमा प्रस्तावित राय सुझाव बुझाएपछि त्यसैको आधारमा सोमबार मुद्दा दायर भएको हो।








प्रतिक्रिया