२० असार २०८३, शनिबार

पुनः आन्दोलनमा उत्रने शिक्षक महासंघको चेतावनी

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ असार । नेपाल शिक्षक महासंघले पुनः आन्दोलनमा उत्रने चेतावनी दिएको छ ।

यसअघि सरकारसँग शिक्षा विधेयक असार १५ गते पारित गर्ने सहमति भए पनि कुनै चासो नदेखाएपछि महासंघले आन्दोलनको चेतावनी दिएको हो ।

महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले संयुक्त विज्ञप्ति जारी गर्दै विधेयकमा कुनै विलम्ब र षड्यन्त्र भए तुरुन्तै आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका हुन् ।

राजधानी केन्द्रित २९ दिने शैक्षिक सडक आन्दोलनपछि गत वैशाख १७ गते सरकारसँग सहमति भएको थियो ।

सहमतिअनुसार असार १५ गतेभित्र विद्यालय शिक्षा विधेयक प्रतिनिधि सभाबाट पारित गर्ने सहमति भएको थियो । तर सरकारले विधेयक अगाडि बढाउन सकेको छैन ।