२८ असार २०८३, आइतबार

नयाँ बसपार्कबाट पक्राउ परे अदालतबाट भागेका थुनुवा (अपडेट)

868
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ असार । काठमाडौं जिल्ला अदालतबाट भागेका थुनुवा नयाँ बसपार्कबाट पक्राउ परेका छन्।

आज अदालतमा थुनछेक बहस चलिरहेका बेला शौचालय गएका २१ वर्षीय निराजन ठकुरी भन्ने दशरथ शाही फरार भएका थिए ।

उनलाई प्रहरीले साँझ ५ बजेतिर गोंगबु बसपार्कमा रहेको मल क्षेत्रबाट पक्राउ गरेको हो । उनी हतकडीसहित फरार भएकाले हतकडीसहित नै पक्राउ परेका हुन् ।

रूकुम पश्चिम घर भएका शाही चोरी मुद्दामा पक्राउ परेका थिए ।