२१ जेष्ठ २०८३, बिहिबार

काठमाडौं जिल्ला अदालतबाट थुनुवा फरार

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ असार । जिल्ला अदालत काठमाडौंबाट एक जना थुनुवा फरार भएका छन्।

चोरी मुद्दाका आरोपित रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका १ घर भई हाल गंगबु बस्ने २१ वर्षीय निराजन ठकुरी भन्ने दशरथ शाही शौचालयबाट फरार भएका हुन् ।

थुनछेक बहस चलिरहेका बेला शौचालय गएका उनी फरार भएका बताइएको छ । प्रहरी जवान छविराज रेग्मीको साथमा शौचालय गएका उनी हतकडीसहित फरार भएका हुन् ।

उनको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।