१ कार्तिक २०८३, आइतबार

नेपाल एसबिआई मर्चेण्टको सीईओमा भण्डारी नियुक्त

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ असार । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडको प्रबन्ध सञ्चालक एवं प्रमुख कार्यकारी अधिकृतको पदमा सन्तोषकुमार भण्डारी नियुक्त भएका छन् ।

सञ्चालक समितिको आज बसेको बैठकले भण्डारीलाई आजैदेखि लागू हुनेगरी नियुक्त गरेको हो । यसअघि भण्डारीले नेपाल एसबिआई बैंक लिमिटेडको सुदूरपश्चिम प्रदेश कार्यालय प्रमुख, वित्त तथा योजना विभाग प्रमुख, लेखा परीक्षण विभाग अधिकृतको जिम्मेवारी सम्हालेका थिए । बैंकिङ्ग तथा वित्तीय क्षेत्रमा १६ वर्षभन्दा बढीको कार्य अनुभव संगालेका भण्डारी स्रोत तथा साधनको उच्चतम् परिचालन तथा व्यवस्थापन गर्न सक्ने एक कुशल नेतृत्व हुन् ।

नेपाल एसबिआई बैंकको पूर्ण स्वामित्व रहेको सहायक कम्पनीको रूपमा स्थापित यस नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडको चुक्ता पूँजी २० करोड रुपैयाँ रहेको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई निष्काशन तथा बिक्री प्रबन्धक, धितोपत्र प्रत्याभुतिकर्ता, शेयर रजिष्ट्रार, लगानी व्यवस्थापक र संस्थागत परामर्शदाता लगायतका मर्चेण्ट बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आइरहेको छ ।