२८ जेष्ठ २०८३, बिहिबार

विराटनगरमा कियाको नयाँ सोरुम सञ्चालनमा

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, १३ असार । नेपालका लागि विश्व प्रसिद्ध दक्षिण कोरियाली अटोमोबाइल कम्पनी ‘किया’का अधिकृत विक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले विराटनगरमा सोरुम सञ्चालनमा ल्याएको छ । कम्पनीले नयाँ ‘किया सीआई २.०’ मापदण्ड अनुसार अपडेटेड सोरुम खोलेको हो ।

कार्यक्रममा कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजबाट प्रमुख सदस्यहरू अटो डिवीजनका असिस्टेंट जेनेरल म्यानेजर मन्जितकुमार पोखरेल, काठमाडौं शोरुम गैरीधाराका सेल्स म्यानेजर विनय श्रेष्ठ, मार्केटिङ अफिसर निरात न्यौपाने र नयाँ विराटनगर शोरुमका शोरुम इन्चार्ज कुशल लामिछाने लगायत उपस्थित थिए ।

“नेपालको पूर्वी क्षेत्रमा कियाको उपस्थिति र पकड विस्तार बढाउन विराटनगरमा सोरुम पूर्ण सञ्चालनमा ल्याउन आवश्यक परेको” पोखरेलले जनाए । कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजको सञ्चालनअन्तर्गत यो नयाँ सोरुममा विश्व विख्यात दक्षिण कोरियाली अटो ब्रान्ड कियाका नेपालमा उपलब्ध सबै भेरियन्टका इन्धन र विद्युतीय सवारीसाधन उपलब्ध हुनेछन् ।

सोरुम सुरु गरेको उपलक्ष्यमा कम्पनीले तीनदिने फ्ल्यास एक्सचेन्ज क्याम्प पनि आयोजना गर्न लागेको छ । असार १४ देखि १६ सम्म (जुन २८ देखि ३० सम्म) चल्ने “किया फ्लाश एक्सचेन्ज क्याम्प”मा जुनसुकै पुराना गाडीसँग कियाका नयाँ गाडी साट्न सकिनेछ । यस अवसरमा एक्सचेन्जका लागि ल्याइने पुराना गाडीलाई आकर्षक मूल्य प्रदान गरिने कम्पनीले जनाएको छ । यो अफर एक्सचेन्ज क्याम्प अवधिमा बुकिङ हुने सवारी साधनमा लागू हुनेछ ।

क्याम्पमा कियाका गाडीहरुको टेस्ट ड्राइभ पनि गर्न पाइनेछ । यस अवसरमा कियाका नयाँ फेसलिफ्ट सेल्टोस, सोनेट र कारेन्सको २०२५ मोडलको टेस्ट ड्राइभ गर्न पाइनेछ ।

त्यसैगरी, गाडी खरिदकर्तालाई सहज तरिकाले बैंक, वित्तीय संस्थाबाट फाइनान्सको व्यवस्था मिलाइएको छ । कम्पनीले क्याम्पमा बिक्री हुने गाडीमा रोड ट्याक्स र एक वर्षको सम्पूर्ण बीमा आफैले बेहोर्ने नीति लिएको जनाएको छ ।

विश्वभर ख्याति कमाएका दक्षिण कोरियाली ब्रान्ड कियाका सवारीसाधनहरु ३० वर्षदेखि नेपाली सडकमा गुडिरहेका छन् । कियाका इन्धनबाट चल्ने र विद्युतीय दुवै सवारी साधनहरुले विश्व बजारमा ख्याति कमाएका छन् ।