२४ जेष्ठ २०८३, आइतबार

मेटलाइफसँग जीवन बीमा सुरक्षा पुनः सक्रिय गर्न सकिने

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ असार । मेटलाइफ नेपालले आफ्नो वार्षिक बीमालेख पुनर्जागरण अभियान सुरु गरेको छ । जसअन्तर्गत ग्राहकहरूलाई आफ्ना जीवन बीमा पोलिसीहरू पुनः सक्रिय गरी भविष्य सुरक्षित राख्ने अवसर प्रदान गरिएको कम्पनीले जनाएको छ ।

यस अभियानअन्तर्गत म्याद नाघेको पाँच वर्षभित्रको पोलिसीमा १०० प्रतिशत विलम्ब शुल्क मिनाहा गरिएको छ भने पाँच वर्षभन्दा बढी समयदेखि व्यतित भएका पोलिसीहरूमा ६० प्रतिशत विलम्ब शुल्क मिनाहा गरिनेछ । यसले ग्राहकहरूलाई पोलिसी पुनः सक्रिय गर्न सहयोग पुर्‍याउँछ, जसले दीर्घकालीन आर्थिक सुरक्षातर्फको प्रतिबद्धता कायम राख्न मद्दत गर्ने कम्पनीले जनाएको छ ।

बीमालेख पुनर्जागरण गर्ने प्रक्रिया सहज र पहुँचयोग्य बनाइएको छ । आवेदन फारम कम्पनीको वेबसाइटमा उपलब्ध छ भने प्रिमियम भुक्तानी ईसेवा, कनेक्ट आइपीएस, वा वन बाई मेटलाइफ एपमार्फत गर्न सकिन्छ ।

मेटलाइफ नेपालका जनरल म्यानेजर निर्मल काजी श्रेष्ठले भन्छन्, “यो अभियान हामीले ग्राहकहरूलाई सुरक्षित राख्ने र आत्मविश्वासका साथ भविष्यका योजना बनाउन सहयोग पुर्‍याउने हाम्रो निरन्तर प्रयासको एक हिस्सा हो । सबै योग्य पॉलिसीहोल्डरहरूलाई यस अवसरको लाभ लिन हामी आग्रह गर्छौं ।”