१ कार्तिक २०८३, आइतबार

‘राइड विथ मेसिलिन’को पहिलो संस्करण सम्पन्न

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ असार । टायर ब्रान्ड मेसिलिनद्वारा आयोजित ‘राइड विथ मेसिलिन’ कार्यक्रमको पहिलो संस्करण सफलतापूर्वक सम्पन्न भएको छ ।

मेसिलिन टायरको नेपालका लागि आधिकारिक वितरक सिप्रदी अटोपार्ट्स प्रालिको आयोजनामा सम्पन्न मोटरसाइकल राइड २०८२ असार ६ गते शुक्रबार काठमाडौंबाट सुरु भएको हो । राइडमा सहभागी राइडर्सहरू सुकुटे पुगेपछि राति त्यहीँ विभिन्न रोमाञ्चक गतिविधिहरू तथा गेमहरूमा सहभागी भएका थिए, भोलिपल्ट शनिबार (असार ७) बिहान काठमाडौं फर्किएसँगै यो राइड पूर्ण रूपमा सम्पन्न भएको हो ।

राइड काठमाडौंदेखि सुकुटेसम्मको आकर्षक र रमणीय मार्ग हुँदै सम्पन्न भएको थियो । राइडमा ५० वटा रोयल इनफिल्ड मोटरसाइकलहरूको सहभागिता रहेको थियो ।

सिप्रदी अटोपार्ट्सका अनुसार नेपालमा मेसिलिन टायरको ब्रान्ड प्रमोशन तथा विशेषगरी रोयल इनफिल्ड मोटरसाइकलका लागि उपयुक्त टायरको पहिचान गराउनका लागि कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमले बाइकप्रेमीहरूमा मेसिलिन टायरप्रति विश्वास र उत्साह बढाउनुका साथै विश्वस्तरीय टायर अनुभव गराउने उद्देश्य राखेको थियो ।

कार्यक्रममा जेरो इन्जिनियरिङ मोटरसाइकल राइड पार्टनरको रूपमा सक्रिय सहभागिता जनाएको थियो ।

सिप्रदी अटोपार्ट्सले आगामी दिनहरूमा समेत यस्ता राइड तथा प्रमोशनल गतिविधिहरूलाई निरन्तरता दिने बताएको छ ।